५ जेष्ठ २०८१, शनिबार

अख्तियारद्वारा मल खरिदमा १ अर्ब ५३ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डिएपी मल खरिदमा १ अर्ब ५३ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कृषि सामग्री केन्द्रका प्रबन्ध सञ्चालकसहित १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले विशेष अदालतमा १० जनासहित दुई कम्पनीलाई समेत विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो । गुणस्तरहीन रासायनिक मल (डीएपी) आयातमा एक अर्ब भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

अख्तियारले कृषि सामग्री केन्द्रका प्रवन्ध सञ्चालका नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पष्करदीप बुढासमेतले कृषि सामग्री कम्पनीलाई हानि नोक्सानी पुर्‍याएको र आफूलाई लाभ हुने कार्य गरेको पुष्टि भएको दाबी गरेको छ । उनीहरूविरुद्ध एक अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !