काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले तेह्र दिन बिदा लिएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रधानसेनापति शर्माले स्वास्थ्य परीक्षणका लागि भारत जाने भएकोले उनले तेह्र दिन बिदा लिएका हुन् । उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।