२१ पुस २०८१, आइतबार

इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गर्ने अदालतको आदेश


इच्छाराज तामाङ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ । अदालतले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बताएको छ ।

आज बुधबार न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र समूहका हालका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन आदेश दिएको छ । पक्राउ परेकामध्ये ९ जना धरौटीमा र १ जना साधारण तरेखमा रिहा भएका छन् ।

अदालतमा दर्ता भएको अभियोग पत्रमा तामाङविरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ । तामाङको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्न समेत अभियोगपत्रमा माग गरिएको छ ।

ब्यूरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो । अन्य ३० जना फरार रहेको प्रहरीले जनाएकाे छ । सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ्सका संस्थापक अध्यक्ष रहेका तामाङमाथि बचतकर्ताहरूको रकम हिनामिना गरेको आरोप लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !