२५ बैशाख २०८१, मंगलबार

स्व. राजा वीरेन्द्रको सालिक सुर्खेतमा पुन: राखियो


वीरेन्द्रको सालिक

सुर्खेत । स्व. राजा वीरेन्द्रविरविक्रम शाहको सालिक सुर्खेतमा पुन: राखिएको छ । सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रको सालिक पुन: राखिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको हो ।

वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा आज बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो । वीरेन्द्रचोकमा २०४४ सालमा स्थापना गरिएको सालिक २०६२/६३ को आन्दोलनका बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !