१२ असार २०८१, बुधबार

सिरहामा किन आज बिहानैदेखि दुई दिन निषेधाज्ञा जारी गरियो ?

सिरहामा आजदेखि दुई दिन निषेधाज्ञा जारी


जनकपुर । सिरहा जिल्लामा आज बिहानैदेखि दुई दिन निषेधाज्ञा जारी गरिएको छ । डा. सीके राउतले नेतृत्व गर्ने जनमत पार्टीको आमहडताल र चक्काजाम गर्ने भएपछि सोलाई असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्वारा जारी गरिएको सूचनामा आज पुस १३ र भोलि १४ गते विहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गर्ने उल्लेख छ । सो पार्टीले केही दिनदेखि आमहडताल र पूर्वपश्चिम राजमार्ग लक्षित चक्काजामलाई निरन्तरता दिएपछि सिरहामा निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा अवधिभर जिल्लाका राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिड्डुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख गरिएको छ ।

पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासका क्षेत्रसम्म, चोहर्वादेखि सिरहा सडकखण्डको पि.के.राज इन्टरप्राइजेज – पेट्रोल पम्पसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको हो ।

सिरहामा निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !