१० मंसिर २०८१, सोमबार

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात


इलामको उच्च पहाडी क्षेत्रमा हिमपात

मङ्गलबारे । इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी र कालपोखरी र गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायत स्थानमा वर्षासहित हिमपात भएको छ ।

हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँमा खेल्न गएका छन् । हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको छ । सदरमुकाम लगायतका ठाउँमा पनि चिसो बढेको छ ।

हिउँ परेको क्षेत्रमा गाईबस्तुलाई घाँस खुवाउन र बाहिरको काम गर्न समस्या भएको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिए । उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाजमा पनि समस्या भएको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !