२० बैशाख २०८१, बिहिबार

भ्यान दुर्घटनामा: २ जनाको मृत्यु, ८ जना घाइते


दुर्घटना

झापा । मेची राजमार्गमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

स्रोतका अनुसार सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो मे १ ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो ।

माईजोमाई गाँउपालिका– ४ का ७६ वर्षीय रामप्रसाद तिमल्सिना र माईजोमाई-३ का ४० वर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !