१२ फाल्गुन २०८०, शनिबार

दाङमा जीप दुर्घटना : ३ जनाको मृत्यु, १६ जना घाइते


दुर्घटना

तुलसीपुर । दाङमा आज जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नंको जीप दुर्घटना १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका-४ का ४८ वर्षीय प्रेमप्रकाश शर्मा, सोही ठाउँका ४६ वर्षीया सौनी घर्ती र ४६ वर्षीय कर्णबहादुर खड्का छन् । तुलसीपुर-३ सिरखोला नजिकै जीप दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो । जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !