१४ बैशाख २०८१, शुक्रबार

गैँडाको आक्रमणबाट ६५ वर्षीय महतको मृत्यु


गैँडा

नवलपरासी । नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।

आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो ।

मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !