६ बैशाख २०८१, बिहिबार

सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा, डेढ करोड क्षति


काठमाडौँको सोह्रखुट्टे गार्मेन्टमा आगलागी

काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झण्डै तीन घण्टापछि नियन्त्रणमा लिएको जानकारी दिए ।

कालिकोट घर भई नयाँबजार बस्दै आएका ४९ वर्षीय जनम हमालले सञ्चालन गरेको कारखानामा आगालागी हुँदा झण्डै डेढ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ब्याङ्क्वेट, गलैँचा र लत्ताकपडा जलेर नष्ट भएको प्रवक्ता मैनालीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !