बझाङमा अगुल्टाले हानेर कुटपिट गर्दा पुरुषको मृत्यु Nepalpatra बझाङमा अगुल्टाले हानेर कुटपिट गर्दा पुरुषको मृत्यु
१३ माघ २०७८, बिहिबार

बझाङमा अगुल्टाले हानेर कुटपिट गर्दा पुरुषको मृत्यु


बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ ।

घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि जिल्ला अस्पताल ल्याइएको र उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !