६ बैशाख २०८१, बिहिबार

रत्नपार्कको रुखमा चढेर भाषण गरी चर्चामा आएका मुकुन्देले गरे इन्गेजमेन्ट


मुकुन्देले गरे इन्गेजमेन्ट

काठमाडौं । कुनै समय रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका मुकुन्द ल्याण्डका अभियान्ता मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ ले इन्गेजमेन्ट गरेका छन् ।

आफुलाई दार्शनिक दावी गर्दै बिभिन्न राजनीतिक घटना क्रमलाई आधार बनाएर भविष्यवाणी गरेर सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्देले आज शनिवार झापाकी इन्दिरा सङ्ग्रौलासँग इन्गेजमेन्ट गरेका हुन् ।

उनले सामाजिक संजाल ट्वीटरमा इन्दिरासंग औँठी र फूलमाला साटासाट गरेको फोटो राख्दै आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘#सरप्राइज #इन्गेजमेन्ट #फूलमाला #औंठी_साटासाट #मुकुन्द #इन्दिरा #झापा_सुरुङ्गा #इन्दिरा_संग्रौला ।’

केहि वर्षदेखि उनले आफ्नो चाहाना इन्दिरा नामक युवतीसंग विवाह गर्ने बताउदै आएका थिए । ठ्याकै आज उनले सामाजिक सञ्जालमा तस्बिर अपलोड गर्दै आफुले इन्दिया सँग्रौलासंग इन्गेजमेन्ट गरेको छोटो जानकारी दिएका हुन् ।

उनले पहाडमा रेल, मधेशमा खेतैखेत, ट्र्याक्टरले खेत जोत्ने, हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैं जस्तै सुख सन्तोष हुने मुकुन्दल्याण्ड बनाऔँ भनेर आफ्नो ट्वीटर एकाउन्टमा आफ्नो सोचको बारेमा राखेका छन् ।

रत्नपार्कको मुकुन्दे भनेपछि नचिन्ने शायदै कमै नेपालीहरु होलान् । तर उनी खास भोजपुर जिल्लाको दिङ्गलामा जन्मिएका हुन् । कुनै एक समयमा रत्नपार्कको रुखमा बसेर भाषण गर्ने गर्थे मुकुन्दे अनि उनको भाषण सुन्न वरिपरी ठूलो जमात भेला हुन्थे ।

लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका हुन्छन् । पछिल्लो समय ‘मुकुन्दे’ बाट ‘मुकुन्दाई’ बनेका उनी हरेक युट्युबरका लागि ‘डलर’ झार्ने माध्यम बनेका छन् । राजेश हमालको बिहेदेखि अमेरिकी सहयोग परियोजना एमसीसी सम्मका विषयमा उनका धाराप्रवाह टिप्पणीले धेरै युट्युबरलाई ‘डलर’को वर्ष गरिदिएकोले उनलाई अतिथि बनाउन चाहनेको ठूलो संख्या रहेको छ ।

आफूलाई दार्शनिक भन्न रुचाउने मुकुन्दे बिगतका इतिहासदेखि वर्तमानसम्म राजादेखि रैतीसम्म, नेतादेखि नोकरसम्मका सबैथरी मान्छेका वर्णन गर्न सक्ने उनको यहि कलाले नै काठमाडौमा टिकाइ रहेको छ । उनले २०५५ सालको एसएलसी परिक्षामा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेको उनले बताउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !