२३ चैत, काठमाण्डौ । कहिले काँही लाग्छ यो मुलुकमा जे गरे पनि हुँदैन, जति गरेपनि केही लाग्दैन तर गरेको चाँही गफ र गुनासो बाहेक केही हुन्न ।
गफ र गुनासो भन्दा माथि उठेर एक्शनमा उत्रौ त एउटा सानै भएपनि पाइला चालौँ त । उदाहरण दिउँ, हामी हिड्ने बाटाहरुमा साना साना खाल्डाहरु त्यही ठाँउमा कति बर्षदेखि छन् ।
त्यो सानो खाल्डोले रातीको समयमा बाटो हिड््ने कतिको खुट्टा मकायो ? बर्खामा कतिलाई हिलो छ्याप्यो ? मोटरबाइक र गाडीहरु छल्दा छल्दै कति पटक परे ?
बिहानै बेलुकै फुच्चामा गुच्चा खेल्दा खेरीका सडकका ती खाल्डा तपाई सेताम्मे कपाल र दाह्री भएर नाती नातीनी खेलाउँदा सम्म जस्ताको त्यस्तै छ । तर आत्मा साक्षी राखेर भन्नुहोस कुन दिन वडा कार्यालय, सडक विभाग वा स्थानीय प्रतिनिधीलाई भन्नु भो ?
मलाई लाग्छ भन्नु भएको छैन । त्यही खाल्डो अगाडि पसल थापेको कति भो ? एक कल गरेको रेकर्ड छ ? गुनासो गर्नु भो होला त्यो पनि आँफै सँग । मोटर साइकलले हिलो छ्याप्दा र्मुर्मुरीएर एक्लै बर्बराउनु भो होला ।
त्यही रिस परिवारको सदस्यलाई पोख्नु भो होला तर एक कल गरेर के हो यो नभन्दै तपाइका केश फुले, तालु खुइल्यो । तपाईसँग आँफुले भोट दिएकोे नेताको फोन नम्बर छ ?
वडा कार्यालयको नम्बर छ ? किन नराख्नु भएको । बर्षौ अघि विछोडिएका मित्र, प्रेमी, प्रेमीकाको नम्बर अझै कण्ठ होला तर आँफुले भोट दिएर अझ जिताएकाको नम्बर नहुनुले एउटै कुरा बताउछ की हामी गनगन गर्न मात्र खप्पीस छौँ ।news24
हेर्नुहोस् भिडीयो