८ बैशाख २०८१, शनिबार

अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका मण्डलको मृत्यु


शव फेला

मोरङ । आत्महत्याको प्रयास गर्ने ३५ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गर्ने मोरङको धनपालथान गाउँपालिका–१ का मण्डलको उपचारका क्रममा आज मध्यान्ह मृत्यु भएको हो ।

स्रोतका अनुसार मण्डलले आज बिहान ६ बजे सोही अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । अस्पतालबाट हामफालेर गम्भीर घाइते भएका मण्डलको सोही अस्पतालमा उपचार भइरहेकोमा मध्यान्ह मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !