७ पुस २०८१, आइतबार

प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने नेपाल बारको निर्णय


कानून व्यवसायी फाइल फोटो

काठमाडौं । नेपाल बार एसोसिएसनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ। स्रोतका अनुसार सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै बारले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । प्रधानन्यायाधीश जबराको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको बारको ठहर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !