१२ असार २०८१, बुधबार

सर्वोच्चका १९ न्यायाधीशले गरे श्वेतपत्र जारी गर्ने तयारी


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् । न्यायपालिकाको शुद्धीकरणका लागि भन्दै लगभग ३ सातादेखि आन्दोलनरत सर्वोच्चका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्दै निरन्तर बेञ्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । प्रधानन्यायाधीश जबराले राजीनामा नदिने र न्यायाधीशहरूले पनि लगातार बेञ्च बहिष्कार गरिरहँदा जनतामाझ सही सूचना प्रवाह हुन नसकेको भन्दै श्वेतपत्र जारी गर्ने तयारी गरिएको हो ।

न्यायाधीशहरूले श्वेतपत्रमार्फत् आफूहरु किन इजलास बहिष्कार गर्न बाध्य हुनु पर्ने स्थिति आयो र आगामी कदम के हुने भन्नेबारे जनतालाई जानकारी दिन लगिएको हो ।

जारी गर्न लागिएको श्वेतपत्रमार्फत् नै नेपाल बार एशोसिएसन, कर्मचारी प्रशासन, सांसद र सरोकारवाला तथा सेवाग्राहीलाई आफूहरुको आन्दोलनमा साथ दिन आह्वान गर्ने समेत तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !