१३ बैशाख २०८१, बिहिबार

मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो, ९ जना घाइते


हिमपहिरो फाइल फोटो

काठमाडौं । कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । स्रोतका अनुसार आइतबार दिउँसो मुस्ताङको मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको हो ।

प्रहरीका अनुसार हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । सो क्षेत्र जिल्ला सदरमुकामदेखि २५ किलोमिटर भन्दा टाढा पर्ने र प्रहरी टोली त्यसतर्फ पठाइएको एक प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि त्यसको असरबाट जोगिन भागदौड हुँदा ९ जना सामान्य घाइते भएका र उनीहरुलाई जिल्ला अस्पतालतर्फ ल्याइएको एक प्रहरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !