११ बैशाख २०८१, मंगलबार

राष्ट्रपतिको पहिलो तथ्यांक लिएर १२ औँ राष्ट्रिय जनगणनाको थालनी


राष्ट्रपतिको पहिलो तथ्यांक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्यांक विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्यांक संकलन गरी राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भ गरिएको हो ।

तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्यांक लिएर राष्ट्रिय जनगणना-२०७८ को औपचारिक शुभारम्भ गरिएको बताए । उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्यांकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।

तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्यांक संकलन गरिने छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना-२०७८ सुरु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !