६ जेष्ठ २०८१, आइतबार

लमजुङमा बस दुर्घटनामा एकै गाउँका ९ को मृत्यु


सह–चालकले बस चलाउँदा दुर्घटना भयो’
बेसीशहरः  लमजुङको मध्य नेपाल नगरपालीका वार्ड नं। ५ तामाखानीमा बस दुर्घटना हुँदा एकै गाउँका ९ जनाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट  लमजुङको जिताकोट जाँदै गरेको ना १ ख ४१२६ नम्बरको बस दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए ।
बस घटनास्थलबाट २ सय मिटर तल खसेको र सहचालकले बस हाँक्दा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
घाइतेको उद्धारका लागि ईलाका प्रहरी कार्यालय सोतीपसल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी बल खटेको छ ।
घाइतेलाई उपचारका लागि दमौली र पोखरी लगिएको उद्धारमा खटिएका ट्राफिक प्रहरी कृष्ण बिकले जानकारी दिए ।
दुर्घटनामा परी मध्यनेपाल–१, जिताकोटका रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरबहादुर खवास, गणेश गुरुङ, मिनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा रहेको प्रहरीको भनाइ छ ।
मृत्यु भएकाहरु एउटै गाउँका हुन् । गाउँका नौ जनाको मृत्यु भएपछि जिताकोट यतिबेला शोकमग्न बनेको छ । बसका चालक सुरज बिक फरार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !