२६ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद्को निर्णय : मोतिपुर घटनाका मृतक परिवारलाई साढे ५ लाख दिने


सुकुम्बासी र प्रहरीबीचको झडप

काठमाडौं । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई साढे ५ लाख राहत दिने निर्णय गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय गरेको हो ।

आज मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो निर्णय गरेको जानकारी दिएका हुन् । सुरक्षाकर्मीले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको थियो भने २ दर्जन बढी घाइते भएका थिए ।

यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । गत असोज २४ गते एक समूहले बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !