७ पुस २०८१, आइतबार

सर्वोच्चमा आज पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनुवाइ हुने


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्रै सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज मंगलबारका लागि पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका छन् ।

मंगलबारका लागि तोकिएको पेशी अनुसार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका छैनन् । हिजो सोमबारदेखि सर्वोच्च अदालतमा समानधानको मध्यमार्गी बाटो भन्दै बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छैन ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । तर मध्यमार्गी बाटो भन्दै सोमबारदेखि बन्दीप्रत्यक्षीकरणका निवेदनमा मात्रै पेशी तोकिन थालिँदा न्यायसेवा थप प्रभावित भएको हो ।

गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !