१० कार्तिक २०८१, शनिबार

सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा


सर्वोच्च अदालत बार एशोसिएशन

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । आज सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल बार एशोसियनले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने भएको छ । आज बसेको बारको बैठकमा अधिकांश पदाधिकारीले प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्ने धारणा राखेपछि भोलि बारको बस्ने बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने औपचारिक निर्णय गर्नेछ ।

त्यस्तै सर्वोच्चकै न्यायाधीशहरु र वरिष्ठ अधिवक्ताहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा उभिएका छन् । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरुले लगाएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाल बारले पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने

सर्वोच्चका न्यायाधीशहरूले गरे प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गर्ने निर्णय

प्रधानन्यायाधीशले पेसी तोकेपछि सर्वोच्चमा न्यायाधीशहरु छलफलमा जुटे

एक्लै लड्ने मनस्थितिमा प्रधानन्यायाधीश जबरा : विषम परिस्थतिमा पनि तोके पेसी

लोकमानकै बहिर्गमन र दुर्दशाको बाटोमा चोलेन्द्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !