१३ बैशाख २०८१, बिहिबार

एसईई परीक्षा सम्पन्न


NEB

१७ चैत, भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा शनिबारबाट सम्पन्न भएको छ ।

गएको ८ गतेबाट सुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रणक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

देशभरका १ हजार ९ सय ५६ परीक्षा केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थीले परीक्षा दिएको रेग्मीले जानकारी दिनुभयो । प्राविधिक धारतर्फको परीक्षा भने आउँदो २० गतेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा अनियमितता गर्ने दुई जना केन्द्राध्यक्षलाई निष्काषण गरिएको र चारजना निरीक्षकलाई कारवाही गरिएको बाहेक परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नियन्त्रक रेग्मीको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !