८ बैशाख २०८१, शनिबार

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु हुँदा राजमार्ग अवरुद्ध


दुर्घटना

धनगढी । कञ्चनपुुरको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा एम्बुुलेन्सको ठक्करबाट एक पैदल यात्रीको मृत्युु भएको छ । महेन्द्रनगरतर्फ जादै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय अत्तरियाकाअनुुसार एम्बुुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्री ऐरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।

दुुर्घटनापछि स्थानीयले पीडित परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै पूूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

स्रोतका अनुसार चालक भीमदत्त नगरपालिका -१६ बस्ने ४० वर्षीय गणेश विष्ट र नेपाल रेडक्रस सोसाइटी उपशाखा ऐरीको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !