१२ बैशाख २०८१, बुधबार

पहिराको कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन


नारायणगढ–मुग्लिन सडक फाइल फोटो

मुग्लिन । पहिराको कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !