३ मंसिर २०८१, सोमबार

काठमाडौँमा बाढी : ३८२ घर डुबानमा, १५० बढीको उद्धार


काठमाडौँमा बाढी

काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षापछि आएको बाढीले काठमाडौँका खोला किनारका विभिन्‍न बस्ती डुबानमा परेका छन् । राती साढे ३ घण्टामा १०५ मिलिमिटर वर्षा मापन गरिएको थियो ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार भारी वर्षाका कारण बाढीले खोला किनारमा रहेका ३८२ घर डुबानमा परेका छन् भने १५० बढीको उद्धार गरिएको छ ।

काठमाडौंका शंखमुल पार्क, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बालाजु बसपार्क, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कालिमाटीको तरकारी बजार क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, गुहेश्वरी नदि किनार डुबानमा परेका छन् । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

यो पनि पढ्नुहोस्

उपत्यकामा भारी वर्षा, देशका यी नदीहरूमा पानीको बहाव उच्च हुने

यी चार प्रदेशमा बाढी, पहिरो जान सक्ने भएकोले सचेत र सुरक्षित रहन आग्रह

२०७८ साल २१ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !