८ बैशाख २०८१, शनिबार

उपत्यकामा भारी वर्षा, देशका यी नदीहरूमा पानीको बहाव उच्च हुने


मौसम

काठमाडौँ । आज सोमवार बिहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि बर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने,केहि साना नदी-नालाको पानी सडक किनार सम्म आउन सक्ने विभागले जनाएको छ । यस्तै बाग्मती नदी खोकना स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

यता चितवन जिल्ला माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ । सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने छ । यी क्षेत्र र नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

यस्तै मौसम पूर्वानुमान महाशाखाले आज बिहान एक सूचना सार्वजनिक गर्दै लुम्विनी, बाग्मती, गण्डकी र २ नं प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन सहितको मध्यम बर्षा भइरहेको कारणले बाढी, पहिरो जान सक्ने देखिएकोले सबै जना सचेत र सुरक्षित रहन आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

यी चार प्रदेशमा बाढी, पहिरो जान सक्ने भएकोले सचेत र सुरक्षित रहन आग्रह

२०७८ साल २१ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !