७ बैशाख २०८१, शुक्रबार

महोत्तरीमा रुखबाट लडेर १ जना पुरुषको मृत्यु


मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनले आफ्नै बारीकोे रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !