२६ बैशाख २०८१, बुधबार

काठमाडौँ महानगर-१९ का वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा


शशिलाल श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । ६५ वर्षीय श्रेष्ठको उपचारका क्रममा हिजो बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो ।

खाना खाने नलीको क्यान्सर रोगबाट पीडित श्रेष्ठको हिजो दिउँसो नर्भिक अस्पतालमा निधन भएको वडा कार्यालयले जनाएको छ । तीन महिनाअघि मात्र उनमा खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गरेका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापेको हो ।

उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गरेकी छन् । उनको शव आज बिहान ८ः०० बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिनेछ । बिहान ९ः०० देखि अपराह्न ३ः०० बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए ।

विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय हुनुभएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएका वडा सदस्य मधुसुदन प्रधानले जानकारी दिए । पञ्चायतकालमा पनि उहाँ वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

विसं २०१३ पुस १४ गते जन्मिनुभएका श्रेष्ठलाई गएको डेढ महिनाअघि आन्द्रामा क्यान्सर देखिएको थियो । उपचारकै क्रममा उहाँलाई मस्तिष्कघात भएपछि मृत्यु भएको हो । पञ्चायतकालमा वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका रूपमा विजयी हुनुभएको थियो ।

नर्भिक अस्पतालबाट शुक्रबार बिहान श्रद्धाञ्जलिका लागि उनको शव वडा कार्यालयमा लगिने छ । दिउँसो पशुपति आर्यघाटमा लगी अन्तिम संस्कार गरिने कार्यक्रम तय गरिएको पनि वडा सदस्य प्रधानले बताए । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !