५ जेष्ठ २०८१, शनिबार

पश्चिमी वायूको प्रभावका कारण हुम्लामा हिमपात


Mustang Himpat

८ चैत, काठमाण्डौ । पश्चिमी वायूको प्रभावका कारण हुम्लामा बुधबार राति देखि नै हिमपात भइरहेको छ । साथै देशको पश्चिमका केही क्षेत्रमा पानी परेको छ ।

दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपागगन्ज, दाङलगायतका क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमका केही क्षेत्रमा अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको छ ।

यस्तै बुधबार रातिदेखि केही हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । जुम्लामा १७ मिलिमिटर पानी परेको छ ।

पश्चिमी  वायूकै प्रभवका कारण काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा पनि मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !