८ चैत, काठमाण्डौ । पश्चिमी वायूको प्रभावका कारण हुम्लामा बुधबार राति देखि नै हिमपात भइरहेको छ । साथै देशको पश्चिमका केही क्षेत्रमा पानी परेको छ ।
दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपागगन्ज, दाङलगायतका क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमका केही क्षेत्रमा अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको छ ।
यस्तै बुधबार रातिदेखि केही हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । जुम्लामा १७ मिलिमिटर पानी परेको छ ।
पश्चिमी वायूकै प्रभवका कारण काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा पनि मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् ।