८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं प्रशासनको उर्दी- जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मात्र मनाउनु


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमण उच्च भएकोले जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मात्र मनाउन उर्दी जारी गरेको छ । प्रशासन कार्यालय काठमाडौंले आउन लागेका यी दुई पर्वमा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो ।

आज बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक अत्यन्तै जरुरी सूचना जारी गर्दै जनैपूर्णिमा र गाईजात्रा लगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना हुने गरी सांकेतिक रूपमा मात्रै पर्व मनाउन आग्रह गरेका हुन् ।

भदौ ६ गते जनैपूर्णिमा छ भने ७ गते गाईजात्रा परेको छ । आउँ लागेको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई प्रशासनले सचेत गराएका हुन् ।

काठमाडौं प्रशासनको उर्दी- जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मात्र मनाउनु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !