७ बैशाख २०८१, शुक्रबार

घर-घरमा गएर ‘जेष्ठ नागरिक’लाई कोरोनाको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले घर-घरमा पुगेर ‘जेष्ठ नागरिक’ लाई कोरोनाबिरुद्धको खोप सेवा लगाउन सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रवार सो आदेश दिएको हो ।

सर्वोच्चले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्ने नागरिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउन अन्तरिम आदेश दिएको हो ।

प्रवेश केसीले जेष्ठ नागरिकलाई खोपमा सहजता गर्न माग गरेर रिट, निवेदन दर्ता गराएका थिए । सो मुद्दामा रिट निवदेन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका थिए ।

यस्तो छ हेनुहोस् सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठ)

यस्तो छ हेनुहोस् सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठ) यस्तो छ हेनुहोस् सर्वोच्चको अन्तरिम आदेश (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !