१९ असार २०८१, बुधबार

काठमाडौँ उपत्यका आजदेखि लामो तथा मध्यम दूरीका सवारी साधन चल्न पाउने


लामो दूरीका सार्वजनिक यातायात

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिक रुपमा र काम विशेषले आएका सवारीलाई उपत्यका भित्र प्रवेश गर्न दिइने निर्णय भएको थियो । सरकारको निर्णयसँगै अब भने स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने छ ।

नेपाल सरकार (मन्त्रिपरिषद)को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो ।

प्रशासन कार्यालयले अनिवार्यरुपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ । विज्ञप्तिमा नेपाल सरकारले जारी गरेको मापदण्डको पूर्ण कार्यान्वयन गर्न भनेको छ ।

काठमाडौँ उपत्यका लामो तथा मध्यम दूरीका सवारी साधन चल्न पाउने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !