५ जेष्ठ २०८१, शनिबार

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध


klx/f]df kms]sf] dfnjfxs 6«s un]Zj/, @# c;f/M a]gL–dfn9’ªuf ;8sv08sf] jf/L a]gLdf dflyaf6 cfPsf] klx/f]df km;]sf] dfnjfxs 6«s . ;f]daf/ /fltb]lvsf] clj/n jiff{sf sf/0f a]gL–dfn9’+uf, a]gL–hf]d;f]d / a]gL–b/afª ;8sv08 klx/f]n] ;8s cj?4 ePsf] 5 . Tf:jL/ M w’|a;fu/ zdf{÷/f;;

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ ।

शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताउनुभयो ।

दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सुचारु गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !