८ बैशाख २०८१, शनिबार

लामो दूरीका सार्वजनिक यातायात साउन १ गतेदेखि खुलाउने सोच


लामो दूरीका सार्वजनिक यातायात

काठमाडौं । सरकारले साउन १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय थप गरिएको निषेधाज्ञा भोलि असार ३१ गतेदेखि सकिदैछ ।

काठमाडौं उपत्यकाका ३ जिल्लाका जिल्ला प्रशाशन कार्यालयले साउन १ गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइने सोच बनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार लामो दूरीका सार्वजनिक सवारी सञ्चालन गर्न दिनेबारे सोच बनाएको नेपालपत्रलाई बताए ।

उनले भने, ‘सर्वसाधारण जनताले धेरै दु:ख भोग्नु परेकोले गुनासो आएकोले अव निषेधाज्ञा खुकुलो पार्दै लैजाने सोच बनाएका छौँ । भोलि मन्त्रालयमा मिटिंग बसेर यसवारे निर्णय गर्छौ ।’

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !