११ बैशाख २०८१, मंगलबार

उदयपुरमा चट्याङ लागेर २ जनाको मृत्यु


मौसम

उदयपुर । चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी चौदण्डी गढी नगरपालिका–३ ज्यामिरेमा आज अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार ज्यामिरे खोलाको बगरमा ती पुरुषको शव फेला परेको हो । तराईमूलको जस्तो देखिने मृतकको पहिचान खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !