१४ बैशाख २०८१, शुक्रबार

उपत्यकामा असार २१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा, के गर्न पाइन्छ र पाइदैन ? (आदेशसहित)


काठमाडौँ उपत्यका

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई फेरि एक साता लम्ब्याएर असार २१ गतेसम्म पुर्याइएको छ । उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउदै जोर बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् ।

उपत्यकका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आज सोमबार बस्ने बैठकले जारी निषेधाज्ञालाई एक साता लम्ब्याउदै जोर बिजोर प्रणाली अनुसार सार्वजनिक सवारीसाधन चल्न दिने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकामा भोलि असार १५ गतेदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका हुन् । तर ती सार्वजनिक सवारीसाधनहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ ।

२५ सिट क्षमताभन्दा बढीका यात्रुवाहक सवारी साधनमा विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिइनेछ । साथै सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने पनि निर्णय भएको छ । यसअघि जारी निषेधाज्ञा आज सोमवार रातिदेखि सकिँदै थियो ।

यस्तो छ हेर्नुहोस् जिल्ला प्रशाशन कार्यालयको आदेश

उपत्यकामा असार २१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा2 उपत्यकामा असार २१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा1उपत्यकामा असार २१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा3


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !