९ जेष्ठ २०८१, बुधबार

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


durghatana

२० फागुन, भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट जगातीतर्फ जाँदै गरेको बा ९२ प ४६४ नंको मोटरसाइकल र बा ६१ प ४१५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बा ९२ प ४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठ भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

अर्को बा ६१ प ४१५ नंको मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए।
(स्रोत: रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !