१३ बैशाख २०८१, बिहिबार

‘मानवीय पीडा कम गराउन रेडक्रस अझ निरन्तर क्रियाशील हुनुपर्छ’


काठमाडौं,२६ वैशाख । महिला,बालिबालिका तथा समाज कल्याणमन्त्री जुलीकुमारी महतोले नेपाल रेडक्रसलाई थप गतिशील र पारदर्शी बनाउन यसका गतिबिधिको समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

विश्व रेडक्रस दिवसका अवसरमा सोसाइटीद्वारा आज आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रेडक्रसका स्वयंसेवकले आधारभूत सिद्धान्त अनुरुप गतिबिधि प्रतिविम्बित भए नभएको समीक्षा गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।

उहाँले कोभिड १९ महामारी न्यूनीकरण तथा रोकथामका लागि रेडक्रसले गरेका जनचेतना लगायतका काम प्रशंसनीय रहेको उल्लेख गर्दै बिभिन्न आपत्कालीन अवस्थामा रेडकसर्मीले पु¥याएको सेवाको उच्च सह्ना समेत गर्नुभयो । उहाँले भन्नुभयो “ नेपाल रेडक्रसलाई थप बलियो बनाउन सरकार सहयोग गर्न सधैं तयार छ । तीनपटक नोबेल शान्ति पुरस्कार विजेता रेडक्रस संस्थाले पारदर्शिताका साथ मानवीय पीडा कम गराउन अझ निरन्तर क्रियाशील हुनुपर्छ । ”

हरेकवर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम आयोजना गरी विश्वभर मनाइन्छ । रेडक्रस अभियानका प्रवद्र्धक जँ हेनरी ड्युनाको जन्मदिनका अवसर पारेर यो दिवस माउन शुरुआत गरिएको हो । यसवर्ष ‘निरन्तरता’ भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाइएको छ ।

गृह सचिव महेश्वर न्यौपानेले रेडक्रसका लागि छुट्टै कानुनबनाई यसलाई अझ पारदर्शी रुपमा अगाडि बढाउनुपर्ने जोड दिँदै रेडक्रस कानुन निर्माणको आवश्यकता सरकारले महसुस गरेको छ भन्नुभयो । उहाँले मन्त्रालयले रेडक्रस सम्बन्धी विधेयक मस्यौदा गरी प्रारम्भिक प्रक्रिया अगाडि बढाएको र रेडक्रसका हालको तदर्थ समितिले आफूले पाएको जिम्मेवारीहरु समयमै पुरा गर्नेमा सरकार विश्वस्त रहेको बताउनुभयो ।

रेडक्रसको अन्तराष्ट्रिय समितिका नेपाल प्रमुख अजमद अहमद उल्लाले रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीका लाखौं स्वयंसेवक र कर्मचारी निरन्तर विपद् तथा महामारीको पीडा कम गराउन विश्वभरी लागिपरेका छन् भन्नुभयो । उहाँले भन्नुभयो “समुदायसँग अझै नजिक रहेर महामारी तथा विपद्को रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्छ । ”

रेडक्रसको अन्तराष्ट्रिय समिति(आइसीआरसी) का नेपाल प्रमुख जेरोमले रेडक्रस सिद्धान्तका आधारमा विश्वमा रेडक्रसका स्वयंसेवक तथा कर्मचारी मानवीय सेवामा समर्पित हुदै आएको बताउनुभयो ।
समाज कल्याण परिषदका उपाध्यक्ष डा पदम खतिवडाले रेडक्रसले महामारीका समयमा गरेको स्वयंसेवक परिचालन, रक्तसञ्चार सेवा जस्ता गतिविधिहरुको प्रशंसा गर्दै सोसाइटीले रेडक्रस अभियानका मूल्य र मान्यताका आधारमा अगाडि बढाउन रेडक्रस कानुनका लागि गरेको पहलमा परिषद्ले सक्दो सहयोग गर्ने जानकारी दिनुभयो ।

सोही अवसरमा सोसाइटीले सञ्चालनगर्ने मानवीय सेवाको लागि अनलाईन डोनेशन गर्न सकिने ‘एप्लिकेशन’को पनि शुभारम्भ गरिएको थियो । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले मानवीय सेवाका क्षेत्रमा सोसाइटीले सम्पादन गरेका कामका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले मानवीय पीडा कम गराउनका लागि जस्तो सुकै अवस्थामा पनि परिचालित हुने स्वयंसेवक र कर्मचारीको उच्चमूल्याकंन र प्रशंसा गर्दै कोभिड महामारीको रोकथामतथा नियन्त्रणका क्षेत्रमा देशैभर रेडक्रसकर्मीले गरिरहेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले रेडक्रस कानुनको अभावमा संस्थामा देखिएका चुनौती र समस्याकाबारेमा जानकारी गराउनु हुँदै रेडक्रस कानुनको निर्माणमा सबै पक्षको सहयोगका लागि आग्रह पनि गर्नुभयो । अध्यक्ष डा नेत्र तिम्सिनाले कोभिड महामारीको रोकथामतथा नियन्त्रणका लागि रेडक्रसले गरिरहेको गतिविधिका बारेमा जानकारी गराउँदै उपत्यका र बाहिरका जिल्लामा सञ्चालनगर्न सकिने थप गतिविधिहरुको तयारी र योजनाका बारेमा पनि जानकारी दिनुभयो ।

विश्वमा रेडक्रस अभियान शुरुआत भएको एक सयवर्षपछि स्थापनाभएको नेपाल रेडक्रलसले आफ्नो सेवाको ५८ वर्ष पुरा गरिसकेको छ । हाल सोसाइटीका ७७ जिल्लाशाखा र करिब एक हजार ५०० सांगठनिक निकायमा आवद्ध १० लाख बढी सदस्य मानवीय सेवा सम्लग्न छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !