१३ असार २०८१, बिहिबार

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका सिडिओको बैठक आज बस्दै, निषेधाज्ञा लगाउनेबारे छलफल हुने


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौँ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दैछ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक गर्न लागेका हुन् ।

कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले ५०० भन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।

कोभिड-१९ प्रकोप नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लाग्ने सम्भावना देखिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५०० भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस हिजो गरेको छ ।

सीसीएमसीले शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा ५०० बढी सक्रिय संक्रमित छन् ।

जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।

सीसीएमसीको बैठकपछि आज उपत्यकाका तीनजना प्रमूख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय भएका हुन् । सीसीएमसीको सिफारिसलाई मन्त्रीपरिषदले स्वीकृत गरेपछि मात्रै निषेधाज्ञा गर्ने निर्णय हुनेछ ।

काठमाडौं उपत्यकामा हिजो १४९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो । हिजो काठमाडौं जिल्लामा ११३२ जना, ललितपुर जिल्लामा २७० जना र भक्तपुर जिल्लामा ९६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना जोखिम र आवश्यक पर्ने कदमबारे छलफल गरी निर्णयमा पुगिने उनले बताए । यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ । कोरोना जोखिम रहेकोले भिडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी

पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित नाघे निषेधाज्ञा जारी गर्ने

उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !