उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द Nepalpatra उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द
४ असार २०७८, शुक्रबार

उपत्यकाका जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द


जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय भएको छ ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार सोमबारदेखि नै लागू हुनेगरी एक साताका लागि अन्य कार्यालयहरुलाई पनि आलो-पालो विधिबाट सेवा प्रदान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !