८ बैशाख २०८१, शनिबार

प्रहरीद्धारा उज्यालो नेटवर्कको कार्यालय घेराउ, पत्रकारसमेत बन्धक


उज्यालोनेटवर्क

काठमाडौं । प्रहरीले उज्यालो नेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलको कार्यालय घेरावन्दी गरेको छ । समाचारको विषयलाई लिएर प्रहरीले अनामनगरस्थित कार्यालय घेरावन्दी गरेको हो ।

प्रहरीले पत्रकारलाई कार्यालयभित्रै नियन्त्रणमा राखेको छ । उक्त मिडियाका कार्यकारी सम्पादक अनिश तामाङले फेसबुकमा लेखेका छन्, “उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।”

पत्रकारलाई धरपकड नगर्न अदालतले आदेश दिइसके पनि प्रहरी पुनः उज्यालो नेटवर्कको कार्यालय पुगेको हो । प्रहरी कार्यालय घेराबन्दीमा राखेको छ। यो संगै उक्त मिडियाका पत्रकारहरुलाई समेत कार्यालयमै बन्धक बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !