४ बैशाख २०८१, मंगलबार

बंगलादेशमा पस्यो आइएस, प्राध्यापकको घाँटी रेटी हत्या


bangladesh_Reoul_Karim_Siddiki_Murder_125127029

एजेन्सी: उत्तर-पश्चिमी बंगलादेशमा शनिवार इस्लामिक लडाकू समहू आइएसका सदस्यले एक प्राध्याकको उनको घर नजिकै घाँटी रेटेर हत्या गरेका छन् ।

मुस्लिमको बाहुल्यता रहेको देश बंगलादेशमा केही समययता ब्लगर, बुद्धिजीवि र सामाजिक कार्यकर्तामाथि लगातार आक्रमण बढ्दै गएको छ ।
पुलिसका अनुसार अंग्रेजीका प्राध्यापक ५८ वर्षीय एएफएम रेजौल करिम सिद्दीकी बिहान साढे सात बजे राजशाही विश्वविद्यालय जान घरबाट हिँडेका थिए ।

त्यही बेला मोटरसाइकलमा सवार केही ब्यक्तिले छुराले तीन पटक घाँटी रेटेर उनको हत्या गरेका हुन् ।

अमेरिकास्थित निजी जासुस एजेन्सी समूह एसआईटीईका अनुसार यो हत्याको जिम्मेवारी आइएसले लिएको छ।

आइएसले ट्वीट गरेर जनाए अनुसार प्राध्यापक सिद्दीकी बंगलादेशमा नास्तिकताका समर्थक भएकाले हत्या गरिएको हो ।

सिद्दीकीका साथीले बताए अनुसार उनी विश्वविद्यालयमा हुने हरेक सांस्कृतिक गतिविधिमा सहभागी हुन्थे । प्रायजसो उनी बाँसुरी र सितार बजाउँथे ।

यो हत्याको विरोध गर्दै विद्यार्थीहरुले विश्वविद्यालयमा जुलुस निकालेर दोषीलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !