९ जेष्ठ २०८१, बुधबार

दाङमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार


daang

१२ माघ, दाङ । शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचार दाङमा हुने गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म आयोगमा परेका उजुरीको आधारमा दाङमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी भ्रष्टाचारका घटना हुने गरेको देखिएको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरका अनुसार अहिलेसम्म परेका दाङका १०६ वटा उजुरीमध्ये सबैभन्दा धेरै २९ वटा उजुरी शिक्षा क्षेत्रका परेका छन् । कार्यालयका प्रमुख ईश्वर कार्कीले शिक्षापछि वन तथा भूसंरक्षणका २४ वटा उजुरी परेको जानकारी दिए ।

यस्तै, संघीय मामिला तथा स्थानीय विकासका १३ वटा, भूमिसुधार व्यवस्थाका सात, सिँचाइको सात, स्वास्थ्यका छ, खानेपानी तथा सरसफाईका पाँच, भौतिक पूर्वाधार तथा यातायातका पाँचवटा उजुरी परेको आयोग प्रमुख कार्कीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !