१३ बैशाख २०८१, बिहिबार

श्रेष्ठलाई पत्रकार महासङ्घका संस्थापक अध्यक्ष घोषणा गर्न माग


पार्वत गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिको विकाससँगै नेपाली पत्रकारिता क्षेत्रलाई आधुनिकतासँग जोड्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ(तत्कालीन सङ्घ)का संस्थापक सत्यनारायणबहादुर श्रेष्ठको १०५औँ स्मृतिका अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले नेपाली पत्रकारिता क्षेत्रलाई आजको युगसुहाउँदो बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री गुरुङले २००८ सालमै महासङ्घको स्थापना गरेर श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुु¥याउनुभएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । सरकारका प्रवक्ता गुरुङले महासङ्घलगायत सरोकार निकायसँग छलफल गरेर महासङ्घका संस्थापक अध्यक्षबारे आवश्यक निर्णय लिइने जवाफ दिनुभयोे । पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सुरवीर बज्राचार्यले श्रेष्ठलाई नै महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको थियो । उपाध्यक्ष दिलीप थापा मगरले श्रेष्ठ महासङ्घका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो भन्ने प्रमाण आफ्नो संस्थाले नै खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !