४ आश्विन २०८१, शुक्रबार

डोल्पामा आगलागीवाट ९ घर नष्ट


aago-lagi

२७ पुस, डोल्पा । डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भएको भीषण आगलागी १४ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीवाट कुनै मानवीय क्षति नभए पनि ९ घर जलेर नष्ट भएका छन् ।

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी वमबहादुर केसीले बुधबार साँझदेखि लागेको आगोले ९ घर जलेर नष्ट भएको पुष्टि गर्दै विस्तृत विवरण आइनसकेको जानकारी दिए ।
आगलागी भएको स्थानमा पानी नभएकाले नियन्त्रणमा लिन लामो समय लागेको बताइएको छ । नियन्त्रणमा प्रहरी र स्थानीय खटिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !