९ पुस २०८१, मंगलबार

डा. केसीलालाई रिहा गर्न वीपी स्वास्थ्य विज्ञानको माग


doctor keci

२५ पुस, धरान । सर्वोच्च अदालतको आदेसमा प्राध्यापक डा. गोविन्द केसीलाई गिरफ्तार गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित ‘प्रा.डा. गोविन्द केसी ऐक्यवद्धता समूह’ले न्याय क्षेत्रले आफ्नो गरिमा घटाएकोमा चिन्ता र आक्रोस व्यक्त गरेको छ ।
समुहका संयोजक डा. नविन भट्टले नैतिकताका प्रतिमूर्ति प्रा.डा. गोविन्द केसीलाई हिरासतमा राख्न सर्वोच्च अदालतद्वारा गरिएको आदेश खारेजी गर्न माग गर्दै भने, ‘नेपालको परिवेशमा डा. गोविन्द केसीको सत्याग्रह परिवर्तनको संखघोष र सुसंस्कृत राजनीतिको दियो हो । सर्वोच्च अदालत न्यायविहीनहरूको आवाज र आवाजविहीनहरूको न्यायको आश हो । नैतिकताको खडेरी परेको वर्तमान समयमा सर्वोच्च अदालत सबैको आशाकेन्द्र थियो । तर नियमकानुन र सामाजिक उथलपुथलको अन्तिम व्याख्याता सर्वोच्च अदालतले आफ्नो मनलाग्दी निर्णय गर्नु न्यायको धज्जी उड्नु हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !