बस
१७ पुस, रुकुम। आइतबारबाट रुकुम पश्चिमदेखि कास्की पोखरासम्म बस सेवा सुरु भएको छ। कास्कीको पोखरा र रुकुम पश्चिमको सदरमुकाम खलंगावाट एक/एक वटा बस छुटेका छन्।
बस सञ्चालनका लागि रुकुम र पोखराका यातायात व्यवसायी समितिले सम्झौता गरेका छन्। र पोखराको पृथ्वी राजमार्ग बस सञ्चालक समिति र रुकुमको सानोभेरी यातायात सेवा समितिले समझदारी गरेर पहिलोपटक रुकुम–पोखरा र पोखरा–रुकुम पश्चिम बस सेवा सञ्चालनमा आएको हो।
अब सर्वसाधारण एउटै सवारीमा आवतजावत गर्न रुकुम–पोखरा सिधा बस सेवा सुरु भएपछि सजिलो भएको छ। यसअघि यहाँबाट पोखरा जाने यात्रु दाङ, बुटवल, नारायणघाट वा मुग्लिनमध्ये एक ठाउँबाट अर्को बस चढ्नुपर्ने बाध्यता थियो।