२९ कार्तिक २०८१, बिहीबार

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा सदस्यहरुको सपथ अनिवार्य : निर्वाचन आयोग


दोस्रो चरणको निर्वाचन

१५ पुस, काठमाडौँ l निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश जारी भए लगतै निर्वाचन आयोगका पदाधिकारीहरुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए। भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकोमा बधाइ दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरे । जवाफमा प्रधानमन्त्रीले आयोगसँग परामर्श गरेर केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने बताए।

आयोगले राष्ट्रियसभाका भोटरका रुपमा रहेका प्रदेशसभा सदस्यहरुले सपथ नलिई भोल्ट हाल्न नपाउने जानकारी गराएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फको परीणाम आइसकेकोछ भने दलहरु समानुपातिक सदस्य सिफारिस गरेका छन्। तर, प्रदेश प्रमुखहरु अझै नियुक्त हुन सकेको छैन । प्रमुख आयुक्त डा. यादवले प्रदेशसभा सदस्यले शपथ ग्रहण नगरी राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने जानकारी गराएको प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !